पाँचथरको पहिरोमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार


काठमाडौँ – पाँचथरको याङ्वरक गाउँपालिका-१ फेदी गाउँमा पहिरोमा फसेका तीन घरका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी याङवरक-१ च्याङथापुमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उनीहरूलाई च्याङथापुमा रहेको विष्णु माध्यमिक विद्यालयमा राखिएको याङ्वरक गाउँपालिकाले जनाएको छ ।

शनिवारदेखि परेको अविरल वर्षाका कारण फेदीगाउँ बस्तीनजिकै माथिबाट पहिरो बग्न थालेपछि जोखिम बढेको हो ।

प्रतिक्रिया