नेपाल फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिपको सेमिफाइनलमा


काठमाडौं – माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गरेको छ ।

लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। माल्दिभ्सको मालेमा गएराति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित गरेको हो। नेपालको यो तेस्रो जित हो। पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि लगातार पाकिस्तान र बङ्गलादेशलाई हराएको थियो।

यस जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो। ४ खेलमा ७ अङ्क जोड्दै नेपाल शीर्षस्थान रहयो। समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा रह्यो।

यसैगरी समान ६ अङ्कका साथ बङ्गलादेश तेस्रो र भुटान चौथो स्थानमा रह्यो । ४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ।

शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन्। प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ।

प्रतिक्रिया