बजेटले संघीयताको मर्म बुझ्न सकेन : सांसद परियार


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले अहिलेको बजेटले संघीयताको मर्मलाई बुझ्न नसकेको बताएका छन् ।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उनले आर्थिक रुपमा संघीयताको बारेमा उल्लेख्य काम हुन नसकेको गुनासो गरे ।

प्रमुख सचेतक परियारले केन्द्रले स्थानीय तहको अधिकार मिचेर सशर्त अनुदान दिएको बताए । उनले कार्यविधि केन्द्रले बनाएर स्थानीय तहमा पठाउने कुरा गलत भएको बताए ।

प्रमुख सचेतक परियारले संघीयताविरुद्ध खर्चालु भयो भन्नेजस्ता आवाज उठाएर संघीयतामाथि मिथ्या सूचना फैल्याइएको बताए ।

प्रतिक्रिया