चार विकेट गुमाएर नेपालले पूरा गर्‍यो २ सय ५० रन


काठमाडौं – विश्वकप छनोट अन्तर्गत जिम्बाब्वे विरुद्धको खेलमा नेपालले २ सय ५० रन पूरा गरेको छ।

नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमायो। पौडेलले २९ बलमा ५ चौकाको सहयोगमा ३१ रन बनाएर आउट भए।

उनले कुशल मल्लसँग तेस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे। तेस्रो विकेटको राम्रो साझेदारीपछि नेपाल २ सय ४६ रनको अवस्थामा उनी आउट भए।

त्यसपछि क्रिजमा रहेका कुशल मल्ल र आरिफ शेखले नेपाललाई २ सय ५० प्लसको स्कोरमा पुर्‍याए। लगत्तै कुशल मल्ल पनि ४१ रनमा आउट भए।

उनले ४२ बल खेल्दै २ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाएका थिए । २५५ रनको अवस्थामा मल्ल आउट भएका हुन्।

त्यसअघि नेपालले १७४ रनको अवस्थामा आसिफ शेखलाई ६६ रनमा गुमाएको नेपालका लागि कप्तान पौडेल आउट भएसँगै क्रिजमा आसिफ शेख आएका छन्।

मल्लको ठाउँमा गुल्सन झा क्रिजमा आएका छन् । त्यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए।

भुर्तेल ९५ बलमा ९९ रन बनाएर आउट हुँदा आसिफ शेख १०० बल खेल्दै ७ चौका प्रहार गरेर ६६ रन बनाउँदा आउट भए।

प्रतिक्रिया