

कर्णाली नदीमा ट्याक्टर खस्यो, चालक बेपत्ता

काठमाडौं – कालीकोटको पचालझरना गाउँपालिका–८ मा ट्याक्टर दुर्घटना भएको छ। कर्णाली करिडोरको मयगाड सडकखण्डमा ट्याक्टर दुर्घटनामा परेको हो।
ट्याक्टर कर्णाली नदीमा खसेको हो। उक्त दुर्घटनामा चालक बेपत्ता भएका छन्। बाजुराबाट जितेतर्फ आउँदै गरेको भे २ प ६८१ नम्बरको ट्याक्टर कर्णालीमा बेपत्ता भएको हो।
निकै जोखिमपूर्ण ठाउँमा ट्याक्टर खसेकाले अन्य कुनै अवशेष नभेटिएको गाउँपालिका पूर्व अध्यक्ष खड्गराज सेजुवालले बताएका छन्। प्रहरी घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ।

