मधेशमा भ्रष्टाचार रोक्न जनसंघर्ष : प्रभु साह


जनकपुरधाम – आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशमा भइरहेको भागबण्डासहितको भ्रष्टाचार रोक्न जनसंघर्षको आह्वान गरेका छन्।

धनुषाको जनकपुरधाममा आम जनता पार्टीले राखेको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले उक्त आह्वान गरेका हुन्।

उनले भने‚ ‘हिजो मधेश सरकारले ल्याएको बाँड्ने, चाट्ने र लुट्ने बजेटको विरोध गर्छौं। यो बजेट आम जनताको होइन।’

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि कुल ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।

आफ्ना आसेपासे कार्यकर्तालाई मात्र काम लाग्ने बजेट ल्याएकाले यस्तो बजेटको विरोध गर्न आफ्ना कार्यकर्तालाई उनले आह्वान गरे। यसको बारेमा आम जनतालाई बुझाउन पनि उनले कार्यकर्तालाई निर्देशन दिएका छन्।

कार्यक्रममा आजपाका केन्द्रीय एवं जिल्ला स्तरीय नेता तथा तथा कार्यकर्ता उपस्थित थिए।

प्रतिक्रिया