हेटौँडा उपमहानगरको नीति तथा कार्यक्रम आज


मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रम आज (शनिबार) सार्वजनिक हुँदैछ । उपमहानगरपालिकाले आज आह्वान नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो ।

असार १० गते भित्र नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउन लागेको हो । नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा हुने नगर सभामा उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गर्नेछन् । नीति तथा कार्यक्रम प्रस्तुतपछि नगर सभाका सदस्यलाई अध्ययनको समय दिएर पास गरिने छ ।

उपमहानगरपालिकाले कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य र खेलकुदलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिएको जनाइएको छ । नीति तथा कार्यक्रम मार्फत करिब २ अर्ब ६० करोड बराबरको बजेट ल्याउने तयारी गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।

 

प्रतिक्रिया