

प्रधानन्यायाधीश कार्कीले लिए सपथ

काठमाडौं – नवनियुक्त प्रधानन्यायाधीश हरि कृष्ण कार्कीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
बिहीबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष कार्कीले सपथ लिएका हुन् ।
संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि आज शुक्रबार नै कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो । त्यस पछि राष्ट्रपति पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

