महिला लिग फुटबलः आज त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका खेल्दै


काठमाडौं – राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल अपराह्न २ बजे सुरु हुनेछ ।

आर्मी चन्द्रपुरलाई हराएर उपाधि दाबेदार अर्को टोली एपीएफलाई दबाबमा राख्न चाहन्छ । ९ खेल खेलेको आर्मी २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । एपीएफ २७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

६ अंक जोडेर छैटौं स्थानमा रहेको चन्द्रपुर आर्मीलाई हराएर चन्द्रपुर अंक तालिका सुधार गर्न चाहन्छ ।

प्रतिक्रिया