

थुनछेक आदेशको अन्तिम तयारी, अदालतमा बढाइयो सुरक्षा व्यवस्था

काठमाडाैं – नक्कली शरणार्थी प्रकरणमा थुनछेक आदेशको तयारी हुँदा जिल्ला अदालत काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
जेठ २१ गतेदेखि शुरू भएको बहस शुक्रवार सकिएपछि आदेशको तयारी भएको हो ।
आदेशको तयारीस्वरूप अदालतको तेस्रो तलामा रहेका प्रतिवादीका आफन्तसहित अन्य सेवाग्राहीलाई त्यहाँबाट हटाइएको छ ।
शुक्रवार अन्य इजलासहरू सकिएर कर्मचारी तथा सेवाग्राही पनि बिदा हुन थालेपछि तेस्रो तला खाली गराइएको हो ।
यस प्रकरणमा पक्राउ परेका १८ जनालाई थुनामै राखेर मुद्दाको अन्तिम किनारा लगाउने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने आदेश अदालतले गर्नेछ ।

