भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं – भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ ।

नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर आईओसीले पठाएको हो ।

आज पठाएको मूल्य सूचीअनुसार मूल्य बढेर आएको आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए ।

आईओसीले हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने गरेको छ ।

प्रतिक्रिया