

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँगको सवाल जवाफ आज

काठमाडाैं – प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिको आजको बैठकमा पनि बोलाइएको छ।
बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज बिहान ८ बजेका लागि बोलाइएको हो।
समितिको आजको बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन्। सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्। कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन्।
बिहीबारको बैठकमा उनले आफ्नो भनाइसहित २० पृष्ठ लामो ‘न्यायालय सुधार कार्ययोजना’ प्रस्तुत गरेका थिए।

