

समाजवादी मोर्चाबारे निर्णय लिन नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैँछ ।
समाजवादी मोर्चा निमार्णवारे छलफल गर्नका लागि नेकपा एसको सचिवालय बैठक बस्न लागेको हो ।
सो पार्टीका उपमहासचिव गंगालाल तुलाधारका अनुसार बैठक पदाधिकारीसहित सचिवालय बैठक बस्नेछ ।
एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा बिचमा समाजवादी मोर्चा निमार्ण हुन लागेको हो । उक्त मोर्चामा आबद्ध दलको संख्या ५४ रहेको छ ।

