प्रक्रिया नपुर्‍याई सञ्चालित विराट टिचिङलाई सात दिने अल्टिमेटम


विराटनगर – मोरङको बुढीगंगा गाउँपालिकामा सञ्चालनमा रहेको विराट टिचिङ हस्पिटल रित नपुर्‍याई सञ्चालनमा रहेको पाइएको छ।

बुढीगंगा गाउँपालिकाको उपाध्यक्ष तथा अनुगमन टोलीका संयोजक अमृता कुमारी गच्छदारको नेतृत्वमा खटिएका अनुगमन टोलीका अनुसार सो अस्पताल रित नपुर्‍याई सञ्चान गरिरहेको पाइएको हो।

बुढीगंगा गाउँपालिका-२ स्थित सञ्चालनमा रहेको विराट टिचिङ हस्पिटललाई रित नपुर्‍याई सञ्चालनमा रहेको भेटिएपछि सात दिने अल्टिमेटम गाउँपालिकाले दिइएको छ।

अस्पतालले पार्किकमा शुल्क लिइएको, विपन्न तथा असहायका लागि छुट्याएको बेडको १० प्रतिशत निशुल्क नगरिएको, हस्पिटलले अनुगमन कार्ताहरूलाई हस्पिटलको आवश्यक कागजातहरू प्रस्टरूपमा दिन नसकेको, हस्पिटलको ढल व्यवस्थित नगरी मानव वस्तीतिर निकासा गरिएको भनी गाउँपालिकाको अनुगमन टोलीबाट सात दिने अल्टिमेटमसहित पत्र काटिएको हो।

बुढीगंगा गाउँपालिकाको उपाध्यक्ष तथा अनुगमन टोलीका संयोजक अमृता कुमारी गच्छदारले व्यावसायिक दर्तासमेत नवीकरण नगरेको भेटिइपछि सात दिनभित्र सबै रित पुर्‍याउन निर्देशन दिएको बताइन्। उनले व्यापकरूपमा गुनासो आएपछि अनुगमन गरिएको जानकारी दिइन्।

त्यसैगरी हस्पिटलभित्र रहेको विराट मेडिकल क्लेज फार्मेसी प्रालिको लाइसेन्स अनुगमनकर्ताका औषधि विभागका प्रतिनिधिबाट तत्काल जफतसमेत गरिएको छ। फार्मेशीले उचित तापक्रममा औषधि नराखिएको पाइएको थियो। त्यसैगरी हस्पिटलको फार्मेसीले सबै लागू तथा जनोदिपक औषधिको रेकर्ड नभेटिएपछि ७ दिनभित्र औषधि व्यवस्थापन विभागले उपस्थित हुन पत्र काटिएको छ।

प्रतिक्रिया