कृषिमा आत्मनिर्भर बनाउन मूल्य अभिवृद्धि कर लगाइएको हो : अर्थमन्त्री


काठमाडौं – अर्थमन्त्री डा प्रकाशशरण महतले स्थानीय उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर लगाइएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघ लगाएत कृषकहरुसंगको सामूहिक भेटका क्रममा अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्ने र कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा कर लगाइएको बताएका हुन् ।

उनले कर कारण स्वदेशी उत्पादनमा नभई आयातित बस्तुमात्रै महङ्गो हुने र स्थानीय उत्पादनलाई असर नपर्ने जिकिर गर्नुभयो । अर्थमन्त्री महतले करको दर लागू नहुदै सुनियोजित रुपमा केहि संगठित व्यक्तिहरुले मूल्यबृद्धि गरेको बताए । उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगाएतका बिषयहरुलाई बजेटले प्राथमिकतामा राखिएको जानकारी दिए ।

भेट क्रममा प्रतिनिधिहरुले आन्तरिक उत्पादनको संरक्षणको लागि सरकारको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया