नेकपा एसको सचिवालय बैठक आह्वान


काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टीले समाजवादी मोर्चा गठनबारे जानकारी दिन असार १ गते (शुक्रबार) बिहान ८ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको हो ।

माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत समेटेर समाजवादी मोर्चा घोषणाको तयारी भएको उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

स्रोतका अनुसार असार १ गते नै उक्त मोर्चा घोषणाको तयारी भएपनि अहिलेसम्म समय निश्चित भैसकेको छैन ।

प्रतिक्रिया