एसिया कपको मिति घोषणा, हाइडब्रिड मोडलमा अगस्ट १७ बाट सुरू हुँदै


एजेन्सी – एसिया कप २०२३  हाईब्रिड मोडलमा आयोजना हुने भएको छ । यस संस्करणको एसिया कप हाईब्रिड मोडल अनुसार पाकिस्तान तथा श्रीलंकामा आयोजना हुनेछ ।

एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले प्रस्ताव गरेको हाइब्रिड मोडेललाई एसियन क्रिकेट काउन्सिल (एसीसी) ले अनुमोदन गरेको हो ।

हाइब्रिड मोडल अनुमोदन सँगै एसिया कपको मिति समेत टुगों लागेको छ । एसिया कप ३१ अगस्टबाट १७ सेप्टेम्बरसम्म ( भदौ १४ देखि ३१ गते सम्म) आयोजना हुने भएको छ ।

जसमा श्रीलंका तटस्थ स्थल हुनेछ जहाँ भारतले आफ्नो खेल खेल्ने छ । यो मोडल अनुसार पाकिस्तानमा प्रतियोगिताका १३ खेलमध्ये समूह चरणका भारत बाहेका ४ खेल हुनेछ । भारत र पाकिस्तानबीचको सबै खेल श्रीलंकामा खेलाइनेछ । फाइनल समेत श्रीलंकामा हुनेछ ।

पाकिस्तानले सुरुमा युएईलाई दोस्रो स्थलको रूपमा प्रस्ताव गरेको थियो । सो समयमा युएईमा हुने गर्मीलाई मध्यनजर गरेर पाकिस्तान पछि हटेको बुझिएको छ ।

विश्वकपको तयारीका लागि ५० ओभरको ढाँचामा आयोजना हुने एशिया कपमा नेपालसँगै भारत र पाकिस्तान समूह ए मा छन् । अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

सन् २०२२ को ढाँचामा जस्तै प्रत्येक समूहका शीर्ष दुई टोली सुपर फोर राउन्डमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया