

मन्त्रिपरिषद् बैठक सिंहदरवारमा शुरु

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको मन्त्रिपरिषद् बैठक सिंहदरवारमा शुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ९:३० बजेका लागि बोलाइएको बैठक केही मिनेट ढिला गरी शुरु भएको हो ।
आजको बैठकले नयाँ मुख्यसचिव नियुक्त गर्न सक्ने बुझिएको छ । हालका मुख्य सचिव शंकरदास वैरागीलाई आकर्षक पदमा व्यवस्थापन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई मुख्य सचिव बनाउने तयारी रहेको कुरा बुधवार साँझ प्रशासन डटकमले खुलासा गरेको थियो ।
सचिव डा. अर्याल आज मुख्यसचिव नभए असार ३ गते सचिवको ५ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जानेछन् ।

