आकस्मिक मन्त्रीपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त गर्ने तयारी


काठमाडौं – आज बिहान आकस्मिक मन्त्रीपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ९ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

बिहान बस्ने मन्त्रिपरिषद् बैठकले मुख्यसचिव नियुक्त गर्ने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार वर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई राजदूत बनाएर पठाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा.वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी भएको छ ।

नेपाल सरकारका ७२ जना सचिवमध्ये अर्याल सबैभन्दा वरिष्ठ सचिव हुन् । उनी मुख्यसचिव नियुक्त नभए असार ३ गते सचिवको ५ वर्षे कार्यकाल पुरा गरेर अनिवार्य अवकाशमा जानेछन् ।

प्रतिक्रिया