सुनुवाई समितिमा प्रष्टीकरण दिँदै प्रस्तावित प्रधानन्यायाधीश कार्की


काठमाडौं – संसदीय सुनवाई समितिले न्यायधिस हरिकृष्ण कार्कीलाई आज छलफलका लागि बोलाएको छ ।

सर्वोच्च अदालतको प्रधानन्यायधिसमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।

लामो समय देखी कार्यबहाक प्रधानन्यायधिसको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायधिसमा सिफारिस गरिएको थियो ।

संवैधानिक परिषदले भावी प्रधानन्यायधिसमा सिफारिसमा परेका कार्कीलाई उनीविरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।

उनी बिरूद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो (बुधबार) छलफल गरेको थियो ।

प्रतिक्रिया