

संसद् भवनअगाडी नेविसंघको प्रदर्शन, १२ जना पक्राउ

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघले संघीय संसद् भवनअगाडी विरोध प्रदर्शन गरेको छ।
नेविसंघका कार्यकर्ताले उच्च शिक्षा ऐन र संघीय शिक्षा ऐनसहित शिक्षासम्बन्धी कानुन तत्काल पारित गर्न माग गर्दै आज (बुधबार) दिउँसो प्रदर्शन गरेको हो।
प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्तामाथि प्रहरीले धरपकड गरेर १२ जनालाई पक्राउ गरेको छ।नेविसंघले शिक्षा क्षेत्रलाई समस्या पार्ने गरी नीतिहरु पारित नगरेको भन्दै विरोध जनाएको हो।
शिक्षाबारेको कानुन संसद्मा पेश नगरिँदा विद्यार्थी र यससँग सम्बद्ध सबैको अहित भएको पनि नेविसंघले जनाएको छ। कानुन पारित नगरे आन्दोलन चर्काउने चेतावनी पनि नेविसंघले दिएको छ।

