संसदीय सुनुवाइ समितिको वैधानिकतामै उठ्यो प्रश्न, कार्कीविरुद्धका उजुरीकर्ताले गरे छलफल बहिस्कार


काठमाडौंं – संसदीय सुनुवाइ समितिको वैधानिकतामा प्रश्न उठाइएको छ । बुधबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएकासँग समितिले छलफल गर्न बोलाएको थियो ।

तर, उजुरीकर्तासमेत रहेका अधिवक्ता युवराज कोइरालाले संसद्को संयुक्त बैठक सञ्चालन तथा समिति सञ्चालन नियमावली राजपत्रमा प्रकाशित नभएको भन्दै समितिको वैधतामा प्रश्न उठाएका हुन् । नियमावली राजपत्रमा प्रकाशिक नभई संसदीय सुनुवाइ समितिले काम गर्न नसक्ने उनको जिकीर छ ।

उनीसहितका उजुरीकर्ताले समितिबाहिरै विरोध गरेर छलफलमा सहभागी भएनन् ।

बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम सुनुवाइ गर्ने तयारी गरेको समितिले बुधबार उजुरीकर्तासँग छलफल गर्ने कार्यतालिका बनाएको थियो । कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन्।

प्रतिक्रिया