
शुक्रबार स्वदेश फर्किँदै वर्षमान पुन
काठमाडौँ – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल फर्किने भएका छन्।
चीनमा उपचारका लागि गत फागुन १ गते चीन गएका पुन चार महिनापछि नेपाल फर्किन लागेका हुन्।
वंशाणुगत रूपमा रहेको जन्डिसको उपचारपछि उनी स्वदेश फर्किन लागेका हुन्। उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको थियो।



कागजपत्र |
