

मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवलाई १०५ सांसदले विश्वासको मत दिएका छन् ।
मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेशसभामा उपस्थित सबै सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका छन् ।
मुख्यमन्त्री यादव नेतृत्वको प्रदेश सरकारलाई नेकपा एमालेले सर्मथन गरेको छ । यही जेठ १ गते एमालेले सरकारबाट बाहिरिँदै सर्मथन फिर्ता लिएको थियो । सोही सर्मथन फिर्तापछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले आज विश्वासको मत लिएका हुन् ।

