माइतीघरमा एक पुरूषले गरे आत्मदाहको प्रयास


काठमाडाैं – काठमाडौंको माइतीघर मण्डलामा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

मंगलबार नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रदर्शनमा उत्रिएका एक जना प्रदर्शनकारीले आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाहको प्रयास गरेका ती पुरुषलाई प्रहरीले उद्धार गरेको छ ।

आत्मदाहको प्रयास गर्दा घाइते भएका ती पुरुषलाई उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।आत्मदाहको प्रयास गर्ने पुरुषको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया