

राष्ट्रपतिको मुटुमा समस्या, गंगालाल अस्पताल भर्ना

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । उनको मुटुमा समस्या भएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् ।
अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरी उनको थप उपचार भइरहेको छ ।
तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारे अस्पताल प्रशासनले स्पष्ट जानकारी दिएका छैनन् ।

