


माधव नेपालद्वारा शंखरापुरमा मस्कुलर डिस्ट्रोफीको भवन उद्घाटन

काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले शंखरापुर नगरपलिका वडा नं ९ को खुलालटारमा अवस्थित मस्कुलर डिस्ट्रोफी फाउन्डेसनको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।
हिजो २०८० जेठ २९ गते सोमाबार एक कार्यक्रमा बिच उक्त भवनको पूर्व प्रधानमन्त्री नेपाल र जापानी राजदुतावसका प्रतिनिधि थामुरा ताकाहिरोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
करिव २ करोड लगानीमा ६ रोपनी जग्गामा बनेको उक्त नवनिर्मित भवनबाट मस्कुलर डिस्ट्रोफीका बिरामीलाई निशुल्क फिजियोथेरापी तथा परामर्श सेवा प्रदान गरिने सो सस्थाका संचालक समाजसेवी अनिल कुमार उपाध्यायले बताए।
मस्कुलर डिस्ट्रोफी मानव शरिरमा रहेका जिनबाट मांशपेसिमा बिकृत रुप ल्याउने एक बंशाणुगत प्राणघातक रोग हो।यो रोग लागेपछी मानव शरिरका विभिन्न अंगहरुले क्रमश काम गर्न छोडछन र मानिस पूर्ण रुपमा अशक्त हुन्छ।
सो भवन निर्माणका लागि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उहाँ प्रधानमन्त्री रहँदा २०६५ सालमा भवन निर्माणका लागि ६ रोपनी जग्गा उपलब्ध गराएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री नेपालले मस्कुलर डिस्ट्रोफी फाउन्डेसनले समाजमा पुर्याएको योगदानको प्रशंसा गरे । साथै सो अवसरमा उनले संस्था संचालन गर्नका लागि १ लाख नगद समेत प्रदान गरे ।
सो अवसरमा जापानी राजदुतावासका प्रतिनिधि थाकुरा ताकाहिरोले जापान सरकारले नेपालका विभिन्न क्षेत्रमा गरेको सहयोग आगामी दिनहरुमा अझ बढदै जाने र यसका कारण जापानी र नेपाली जनताको सम्बन्ध अझ प्रगाढ हुने बिश्वास समेत लिए ।
सो कार्यक्रममा बागमती प्रदेश सभा सदस्य राजु बिस्ट तथा शंखरापुर नगरपालिकाका मेयर, उपमेयर तथा विभिन्न राजनितीक दलका कार्यकर्ताको समेत उपस्थिती थियो।

