इजरायली राजदूत र रास्वपा अध्यक्ष लामिछानेबीच भेटवार्ता


काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच भेटवार्ता भएको छ ।

राजदूतसहितको टोली पार्टी कार्यालय बसुन्धरा पुगेर सभापति लामिछानेसँग भेटवार्ता गरेका हुन् ।

भेटमा विभिन्न समसामयिक विषय र विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषि योग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे छलफल भएको रास्वपाले जनाएको छ ।

उक्त भेटघाटमा पार्टीका सह(महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू रामकृष्ण भट्टराई र प्रतिभा रावल पनि सहभागी थिए ।

प्रतिक्रिया