

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको नियमित बैठक अहिले ४ बजे बस्ने भएको हो । आजको बैठकमा मन्त्रालयका नियमित प्रस्ताव र निर्णयसँगै केही प्रशासनिक निर्णय हुन सक्ने बुझिएको छ ।
उच्च स्रोतका अनुसार आजकाे बैठकमा एक सचिवको राजीनामा स्वीकृत गर्ने या मुख्यसचिव नियुक्ती गर्ने दुई मध्य एक निर्णय हुनेछ । सम्भवतः यही ३ गते अनिवार्य अवकाशमा जान लागेका प्रम तथा मप कार्यालयका सचिव वैकुण्ठ अर्यालको राजीनामा नै स्वीकृत गर्ने निर्णय बैठकले गर्नेछ । किनभने हालका मुख्यसचिव शंकरदाश वैरागी आफ्नो पूरा कार्यकालसम्म नै बस्ने संकेत देखिएपछि अर्यालको राजीनामा स्वीकृत हुन सक्ने एक उच्च अधिकारीले जनाए ।
यसैगरी आजको बैठकमा राजदुत नियुक्ति सम्बन्धी विषयले पनि प्रवेश पाउन सक्ने बुझिएको छ भने केही सचिव सरुवाको निर्णय पनि हुनसक्छ ।

