एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपः पाकिस्तानविरूद्ध जितका लागि नेपालका लागि ८८ रनको लक्ष्य


काठमाडौं – एसीसी महिला टी-२० इमर्जिङ टिम्स एशिया कपमा नेपालले जितका लागि ८८ रनको लक्ष्य पाएको छ । पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट हुँदै ८७ रन मात्रै जोड्न सक्यो ।

खेल वर्षाले केही समय प्रभावित भएको थियो । नेपालका लागि इन्दु बर्माले ३ विकेट लिइन् ।

यस्तै कविता कुँवर, कविता जोशी र सीता रानामगरले २-२ विकेट लिए ।

इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

प्रतिक्रिया