

एकैदिनमा तीन हजार ११६ जना ट्राफिक कारबाहीमा

काठमाडौं – मादक पदार्थ सेवन गरी सवारी साधान चलाउने १ सय १४ जना कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लेन अनुशाषन उलङघन गर्ने १ सय १२ जना, रेड लाइटमा पर्ने १३७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १८ जनालाई कारबाही गरेको हो ।
साथै, खुलेको नम्बर प्लेट नराख्ने ३० जना, लिडार गनमा पर्ने ४ सय १ जना र अन्य २ हजार ३ सय ४ जना गरी ३ हजार ११६ जनालाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ ।

