

नहर मिचेर बनेका संरचना हटाउन कार्यदल गठन

चितवन – नारायणी लिफ्ट तथा खगेरी सिँचाइ प्रणालीको रेखाङ्कनभित्र रहेका अतिक्रमित तथा अव्यवस्थित बसोबासी हटाउन कार्यदल गठन भएको छ ।
नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरद्वारा नारायणी लिफ्ट र खगेरी सिँचाइ प्रणालीको नहरको अतिक्रमण गरी भएको अव्यवस्थित बसोबास सम्बन्धमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यदल गठन गरिएको हो ।
नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुखको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको छ ।
कार्यदलमा जिल्ला प्रशासन कार्यालयका अधिकृत, भरतपुर महानगरपालिकाका अधिकृत, भूमि सुधार तथा मालपोत कार्यालयका अधिकृत, नापी कार्यालयका अधिकृत, नारायणी लिफ्ट उपभोक्ता समितिका अध्यक्ष र खगेरी सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष सदस्य रहने गरी कार्यदल गठन गरिएको हो ।

