चाइनिज पिपुल्स अस्पतालमा काठमाडौं महानगरको ताला


काठमाडौं – काठमाडौं महानगरपालिकाले बौद्धस्थित चाइनिज पिपुल्स हस्पिटलको प्रशासन शाखामा ताला लगाएको छ ।

महानगरले सोमबार अस्पतालको अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन गरेको पाइएकापछि ताला लगाइएको हो

स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा नगरेका अस्पतालहरूलाई कारबाहीको मागसहित महानगरले जेठ १७ गते स्वास्थ्य मन्त्रालयलाई ६८ वटा अस्पतालको सूची पेस गरेको थियो ।

जसको सुचिमा रहेको चाइनिज पिपुल्स पनि एक हो । प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ ।

प्रतिक्रिया