खोलामा पौडी खेल्न गएका शिक्षकको डुबेर मृत्यु


नवलपुर – खोलामा पौडी खेल्न गएका शिक्षकको डुबेर मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिकास्थित अरुण खोलाको मुखेढुंगा रहमा गर्मी छल्न पौडी खेल्न गएका देव चुलीका शिक्षक कृष्ण सुवेदीको डुबेर मृत्यु भएको हो ।

उनी मध्यविन्दु नगरपालिका वडा नम्बर १० मा रहेको जनता माध्यमिक विद्यालयका शिक्षक हुन् । उनी आफ्ना ७ जना शिक्षकसहित खोलामा पौडी खेल्न गएका थिए ।

प्रहरी चौकी अरुण खोलाका अनुसार आइतबार साँझ अरुण खोला पौडी खेल्दा उनको डुबेर मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया