प्रचण्डमा आन्दोलन र युद्धको धङधङी अझै छ : उर्जामन्त्री
बुटवल – उर्जामन्त्री टोपबहादुर रायामाझीले पुष्पकमल दाहाल ‘प्रचण्ड’मा आन्दोलन र युद्धको धङधङी अझै भएकाे बताएका छन् ।
बुटवलमा भएको ओली पक्षीय सभामा सम्बोधन गर्दै उनले मांसाहारी आन्दोलनको घोषणा गरेका साथीहरूमा आन्दोलन र युद्धको धङधङी रहेको बताए । ‘मांसाहारी आन्दोलन भन्नुहुन्छ उहाँहरू’, मन्त्री रामामाझीले भने, ‘के हो मांसाहारी आन्दोलन भनेको, मान्छे मार्ने आन्दोलन भन्नभाको होला, देख्नुभयो नि युद्धको धङधङी नगएको ।’
दाहाल–नेपाल पक्षलाई सडक छापको संज्ञा दिँदै मन्त्री थापाले राजनीतिक क्रान्तिको एजेण्डा सकिएकाले देश विकास, समृद्धि र आर्थिक उत्थानको चरणमा प्रवेश गरेको बताए । दाहाल–नेपाल समूहको चर्को आलोचना गरेका उनले उनीहरूसँग विचार र कार्यदिशा नभइ पदको मात्र लोभ रहेको आरोप लगाए ।