गैँडाको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु


चितवन – चितवनमा गैँडाको आक्रमणबाट ६० वर्षीय पुरुषको मृत्यु भएको छ ।

हरियाली मध्यवर्ती सामुदायिक वनमा निगुरो टिप्ने क्रममा आइतबार साँझ उनलाई गैँडाले आक्रमण गरेको हो ।

आक्रमणबाट भरतपुर महानगरपालिका–२३ ध्रुवघाट जगतपुरका झन्डिल बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गैँडाको आक्रमणपछि झन्डिलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

प्रतिक्रिया