उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रिजाल भारत प्रस्थान


काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल भारत प्रस्थान गरेका छन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैठौं शिखर सम्मेलनमा सहभागी हुन उनी आज त्यसतर्फ गएका हुन् ।

सम्मेलन भारतको कलकत्तामा जेठ ३०, ३१ र ३२ गते आयोजना हुँदै छ । नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवर्द्धनलगायत विषयमा मन्त्री रिजालले सम्बोधन गर्ने कार्यक्रम छ ।

बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन् । बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने पाँचौँ सम्मेलन श्रीलंकामा भएको थियो । तेस्रो शिखर सम्मेलन म्यानमारमा, दोस्रो दिल्लीमा र पहिलो थाइल्यान्डमा भएको थियो ।

प्रतिक्रिया