राजनीति सफा नगरी देश परिवर्तन हुँदैन : गृहमन्त्री


काठमाडौं – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देश परिवर्तन गर्न नसकिने बताएका छन्।

आइतबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकिएको बताए।

राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको उनको भनाइ छ। राजनीतिबाट भागेर लोकतन्त्र र उपलब्धि रक्षा गर्न नसकिने भन्दै मन्त्री श्रेष्ठले राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने स्पष्ट पारे।

प्रतिक्रिया