जापानको विमानस्थलमा दुई यात्रुवाहक विमान ठोक्किएपछि…


एजेन्सी – टोकियोको हानेदा विमानस्थलमा दुईवटा यात्रुवाहक विमानहरू ठोक्किएका छन् ।

जापानको स्थानीय समय बिहान ११ः०० बजे बैङ्ककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेडा विमानस्थलको धावनमार्ग मा ठोक्किएका हुन् ।

शनिबार दुईवटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका थिए। ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन् ।

दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ ।

विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ । विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तरराष्ट्रिय उडानहरू ढिला भएका छन् ।

 

प्रतिक्रिया