आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्याउछ : स्वर्णिम वाग्ले


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.स्वर्णिम वाग्लेले अब सुरुङ युगमा जानु पर्ने बताएका छन् ।

शनिबार बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका सांसद वाग्लेले आर्थिक समृद्धिका लागि सुरुङ मार्गले सहयोग पुर्‍याउने भएकोले यसको महत्त्व भएको बताए ।

उनले भने, यो आयोजना महत्त्वपूर्ण आयोजना हो, यसले समयको बचत र ध्वनी प्रदूषण पनि कम हुने र अब टनेल टेक्नोलोजीमा जानुपर्ने बताए ।

सांसद वाग्ले रास्वपाका सभापति रवि लामिछानेसहित सुरुङ मार्गको अवलोकन गर्न पुगेका थिए ।

प्रतिक्रिया