


आजदेखि चीन–काठमाडौँ दैनिक उडान सुरु

चीन – कोभिड महामारीपछि चीनको ग्वाङडोङ प्रान्तको ग्वाङझाउदेखि काठमाडौँसम्म आजदेखि दैनिक हवाई उडान सुरु भएको छ । चाइना साउदन एअरले आजदेखि दैनिक काठमाडौँसम्मको उडान सुरु गरेको हो ।
सन् २०२० को मार्चको अन्तिमदेखि बन्द भएको दैनिक उडान आजदेखि सुरु गरेपछि चीनबाट नेपाल जाने पर्यटनहरू पनि बढ्ने भएको छ । महामारीपछि चीनले गत ३ महिना अघिदेखि सातामा २ उडान मात्र सुरु गरेको थियो ।
चिनियाँ समयअनुसार साँझ ८ः३० बजे उडेर नेपाली समय रात ११ः०५ मा नेपाल पुग्नेछ । नेपालबाट मध्य राति उठेर बिहान चीन फर्कने छ ।
दैनिक उडान भएपछि चीन आउने र जाने हवाई टिकट पनि सस्तो भएको छ । यसअघि सातामा ३ उठान हुँदा हवाई टिकट महँगो भएका कारण चिनियाँहरू नेपाल आउन अप्ठ्यारोमा परेका थिए । अत्यावश्यक काम भएका व्यक्ति मात्र नेपाल चीन आउने जाने गरेका थिए ।

