अस्पतालको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै बिएण्डबी अस्पतालमा आफन्तको आन्दोलन


काठमाडौँ – ललितपुरको बिएण्डबी अस्पताल उपचारमा लापरवाहीको कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्त आन्दोलित छन् ।

बुधबार धादिङमा दुर्घटनामा परेका स्थानीय गोविन्द ढुङ्गानाको उपचारमा अस्पतालले लापरवाही गर्दा बिरामीको मृत्यु भएको आफन्तको आरोप छ ।

मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा सामान्य घाइते देखिएका नीलकण्ठ ५ धादिङका गोविन्द ढुङ्गाना तथा उनकी श्रीमतीको उपचारका लागि ललितपुरस्थित बिएण्डबी अस्पताल ल्याइएको थियो ।

बुधबार अपरान्ह दुर्घटना भएपछि धादिङमै प्राथमिक उपचार गरी काठमाडौं पठाइएका ढुङ्गानाको बिहीबार बिहान ५ बजे बिएण्डबी अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया