एसियन कप छनोट : नेपाल चीनसँग पराजित, लगातार दोस्रो हार


काठमाडौं – एएफसी यु-२० महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गत आज भएको खेलमा नेपाल चीनसँग पराजित भएको छ । म्यान्मारको यानगोनस्थित थुवुन्ना स्टेडियममा भएको खेलमा नेपाल चीनसँग ०-५ गोलअन्तरले पराजित भएको हो ।

नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ०-५ गोलअन्तरले नै पराजित भएको थियो।आज खेलको १६औँ मिनेटमा ओउयाङ युहयानले गोल गर्दै चीनलाई सुरुआती अग्रता दिलाइन् ।

त्यस्तै होउ युसीले खेलको २६औँ मिनेटमा गोल गर्दै चीनको अग्रता दोब्बर बनाइन् । खेलको पहिलो हाफको अत्तिरिक्त समयमा चीनले दुई गोल थप्यो । चीनकी यिनली होङ र लु जुआयुले एक-एक गोल थपे ।

त्यसपछि खेलको ८९औँ मिनेटमा यु जियाकीले गोल गर्दै चीनलाई ५–० को जित दिलाए । यस जितसँगै चीनले छ अङ्क जोडेको छ । चीनले पहिलो खेलमा चाइनिज ताइपेलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया