लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी


लखनउ – लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार ठूलो आगलागी भएको छ। खबर पाएलगत्तै दमकलले आगो निभाउन घटनास्थल पुगेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले भवन निर्माणाधीन रहेकाले कुनै मानवीय क्षति नभएको बताएका छन् । घटनाको थप विवरणहरू सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया