अल्जेरियाका राष्ट्रपति घर फिर्ता


अल्जर्स – अल्जेरियाका राष्ट्रपति अडेल्माड्जीड तेब्बौन लामो समयपछि घर फर्किएका छन् । उपचारका लागि जर्मनी जानु भएका राष्ट्रपति अडेल्माड्जीड शुक्रबार स्वदेश फर्किएका हुन् । उनलाइ सैनिक विमानमा राखेर स्वदेश फिर्ता गरिएको अधिकारीहरुले जनाएका छन् ।

उनलाई ल्याएको विमान सैन्य विमानस्थलमै रोकिएको थियो । उक्त विमानस्थल राजधानी अल्जर्सदेखि ४० किलोमिटर टाढा पर्दछ । राष्ट्रपति अडेल्माड्जीड कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि जर्मनी लगिएको थियो ।

त्यसपछि उनलाई गतबर्षको डिसेम्बर २० तारिखका दिन स्वदेश ल्याइएको थियो । फेरी खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएपछि उनलाई जनवरी १० मा फेरी जर्मनी लगिएको थियो । त्यसपछि अहिले फर्किएका हुन् ।

प्रतिक्रिया