


मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

रसुवा – रसुवामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको ज्यान गएको छ । शुक्रबार राति मोटरसाइकल दुर्घटनामा परेका चितवनका ३० वर्षीय इन्द्रप्रसाद अर्यालको ज्यान गएको हो ।
रसुवाको कालीका गाउँपालिका–१, राम्चेबाट अस्थायी प्रहरी चौकी ग्राङ फर्कने क्रममा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दार राजेन्द्र लामा र अर्याल दुर्घटना परेका थिए ।
दुर्घटना लगत्तै नुवाकोटमा रहेको त्रिशूली अस्पतालमा पुर्याइएका उनको उपचारको क्रममा शनिवार बिहान ज्यान गएको हो । प्रदेश–३ ००१ प ३३७५ नम्बरको मोटरसाइकल राम्चेमा रहेको सडकबाट करिब २० मिटर तल पुगेको थियो ।
घाइते भएका प्रहरी हवल्दार लामाको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।

