


गौर हत्याकाण्डसम्बन्धी मुद्दा आज पनि ‘हेर्न नभ्याउने’मा

काठमाडौँ – गौर हत्याकाण्डसम्बन्धी रिट बिहीबार पनि हेर्न नभ्याउने सूचीमा परेको छ ।
बिहीबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको रिट हेर्न नभ्याउनेमा राखिएको हो ।
बिहीबार राउतका लागि तीन वटा छुट्टाछुट्टै कजलिस्ट तोकिएको थियो । जसअनुसार न्यायाधीश राउतको एकल इजलास, राउत र कुमार रेग्मीको संयुक्त इजलास तथा राउत र सुष्मालता माथेमा अर्को संयुक्त इजलास तोकिएको थियो ।
एकल इजलासमा परेको गौर हत्याकाण्ड समेतको सूची रहेको क्लष्टरबाट बन्दी प्रत्यक्षीकरणको एक मात्रै रिट हेरेर अन्य रिट निवेदन भने हेर्न नभ्याउनेमा राखिएको छ । न्यायाधीश माथेमासँगको संयुक्त इजलासमा मिलापत्र संशोधनको निवेदन परेको कारण त्यो त्यो हेर्न बाँकी नै छ ।
न्यायाधीश कुमार रेग्मीसँगको अन्य मुद्दा भने न्यायाधीश राउतले सुनुवाइ गरिरहेका छन् ।

