सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य २०० सय रुपैयाँले बढेर तोलामा १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो (मंगलबार) छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० ले बढेको थियो । त्यस्तैगरी, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ छ ।

त्यस्तैगरी, आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम छ ।

प्रतिक्रिया