

पानीको अभाव भएपछि वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन स्थगित

काठमाडौँ – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको समस्या भएको भन्दै एक हप्ताका लागि पठनपाठन स्थगित गरेको छ ।
धरानमा रहेको प्रतिष्ठानले सूचना निकालेर आजदेखि जेठ ३१ गतेसम्मका लागि पठनपाठन स्थगित गरेको जानकारी गराएको हो । सूचनामा पानी अभाव भएकाले इन्टर्न र बीडीएस दोस्रो वर्षमा अध्ययनरत बाहेक सम्पूर्ण विद्यार्थीको पठनपाठन रोक्नुपरेको बताइएको छ ।
एकेडेमिक्सकी सहायक डीन डा.भीम्मी सिंहद्वारा जारी विज्ञप्तीमा चरम पानी अभावको कारण समस्या भइरहेको विद्यार्थीहरूले लिखित गुनासो दिएकाले पढाइ स्थगित गर्नुपरेको उल्लेख छ । प्रतिष्ठानमा दैनिक तीस लाख लिटर पानी खपत हुने गरेको छ ।

