संसदमा अर्थ मन्त्रालयका पूर्व कर्मचारीको नियुक्तिबारे स्पष्ट पार्न माग


काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयमा पूर्व नायब सुब्बा रामकृष्ण श्रेष्ठलाई विगतको सरकारले नियुक्त गरिएको र हालसम्म सेवामा निरन्तरता दिइएको विषयमा स्पष्ट पार्न माग गरिएको छ ।

नेपाली कांग्रेसका सांसद रामहरि कार्कीले विगतदेखि हालसम्म ती पूर्व कर्मचारीलाई नियुक्त गरिएको हो भन्ने प्रश्न गरेका हुन् । सांसद डा. अमरेशकुमार सिंहले उक्त विषयमा सरकारले स्पष्ट पार्नु पर्ने बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हरेक बजेट निर्माणमा यस्तो समस्या देखिएको तर मिलोमतोमा सामसुम हुने गरेको टिप्पणी गरे । सोबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले बैठकलाई जवाफ दिँदैछन् ।

 

प्रतिक्रिया